अर्घाखाँची ।
मालारानी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा आचार्यले कांग्रेस(माओवादी गठबन्धनलाई पराजित गर्दै मालारानी गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।
उनले दोस्रो पटक दोहोरिन आकांक्षा राखेका थिए । एमालेले दलबहादुर भट्टराईलाई पालिका अध्यक्षको उम्मेदवार बनाएपछि आचार्यले आफूसँग पाटीले परामर्श नगरको भन्दै असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका थिए ।
एमाले नेताको छलफलपछि भट्टराईलाई नै सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता गरेको आचार्यले बताए । ‘कुरा मिल्यो, भट्टराईलाई अध्यक्षमा जिताउन दिल(ओ(ज्यान दिएर लाग्छु,’ उनले भने ।
यसैबीच चार दलीय गठबन्धन भएपछि मालारानीको अध्यक्षमा बागी उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य पिताम्बर भुसालले पनि फिर्ता लिएका हुन् ।
भुसालले चारदलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको बताए । चार दलीय गठबन्धनमा ६ वटा वडाध्यक्ष नेकपा एसको भागमा परेको छ । यहाँ जसपा भने गठबन्धनबाट बाहिरिएको छ ।
प्रतिक्रिया