बुटवल ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बुटवल उप(महानगरपालिकामा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका ५ जना विरुद्ध परेको उजुरी रद्द भएको छ । पाँच वडाअध्यक्षसहित विभिन्न पदमा उम्मेदवारी दिएका ९ जना विरुद्ध बुटवलमा परेको उजुरी रिट नपुगेका कारण खारेज कएका हुन् ।
निर्बाचन अधिकृतको कार्यालय बुटवलका प्रमुख लेखनाथ पौडेलका उम्मेद्वार विरुद्ध परेका सबै उजुरीहरुमा आवश्यक प्रमाण र आधार नजुटेपछि उम्मेदवारी सदर भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा बुटवल वडा नम्बर २ का अध्यक्ष उम्मेदवार रमेश नेपाललाई, नेपाली कांग्रेसबाट बुटवल ११ को वडा अध्यक्षमा उम्मेदवारी दिएका जीतबहादुर मल्ल कांग्रेसबाटै वडा न। ४ मा उम्मेदवारी दिएका नरिश्वर शर्मा, वडा नम्बर १ बाट काँग्रेसका वडा अध्यक्ष उम्मेदवार माधव प्रसाद प्रधान तथा वडा नम्बर १२ मा अध्यक्ष उम्मेद्वार दिल्लीप्रसाद उपाध्यायमाथि उजुरी परेको थियो । निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारले चाहेको अवस्थामा आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन् ।
प्रतिक्रिया