७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव छैनः सङ्घ



काठमाण्डौ ।
नेपाल औषधि उत्पादक सङ्घले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ ।
पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधि पर्याप्त उत्पादन भइरहेको र मौज्दात पनि पर्याप्त मात्रामा रहेको स्पष्ट पारेको छ ।

नाकाबन्दी, भूकम्प कोरोना महामारी लगायतका सङ्कटग्रस्त समयमा र कच्चापदार्थको मूल्यमा तीन गुणा बढ्दा पनि उत्पादन नरोकेको र १५ वर्ष पहिलेकै मूल्यमा औषधि उपलब्ध गराइरहेको सङ्घले जनाएको छ ।

अहिले औषधिको माग धेरै भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा भएको अवरोधको कारण केही ठाउँमा औषधि पुर्याउन केही ढिला भएको तर अभाव भने नरहेको सङ्घले जनाएको छ ।
गएको वर्षको जेठदेखि औषधि उत्पादक सङ्घले आफ्नो सदस्य उद्योगबाट लिएको मौज्दातको विवरण सार्वजनिक गर्दै आएको छ । अहिले पारासिटामोल मात्रै तीन करोड २५ लाख ट्याबलेट मौज्दातमा रहेको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  ८ : १७ बजे