काठमाण्डौ ।
परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको जहाज रनवेमै अड्किएको छ ।
जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो । ‘एक ठाउँबाट मोड्नुपर्नेमा पाइलटले अर्कै ठाउँबाट मोड्नु भएछ, मोड पुगेन र जहाज अड्किएको छ ’ दाहालले भन्नुभयो ।
२० मिनेटदेखि अड्किएको जहाजलाई निकाल्ने प्रयास भइरहेको छ । परीक्षण उडानको लागि २ सय ६० जना यात्रु बोकेर जहाज भैरहवा गएको थियो ।
प्रतिक्रिया