सुरेस क्षेत्री, बैरिया ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रसेले चुनावी अभियानलाई तिव्र पारेको छ । आसन्न बेशाख ३० गते हुने स्थानीय तहको निवार्चन नजिकिएसंगै वडामा घरदैलो अभियान तिव्र पारिएको हो ।
बाणगंगा १ मा वडाध्यक्षका उम्मेदवार सञ्जु सारु मगरसहित वडाका जिल्ला नेताहरु डोलकराम घिमिरे, बिरेन्द्र श्रेष्ठ, बाल कुमारी अधिकारी पन्त, राम हरि नेपाल, राम जी श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरु घरदैलोमा लागेका हुन । २०७४ सालको निर्वाचनमा वडानम्बर १ मा नेपाली कांग्रेस बिजयी भएको थियो ।
यता नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नम्बर १ का उम्मेदवार सञ्जु कुमार सारु मगरले आफु वडाध्यक्ष भए सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन । वडास्तरको तिव्र बिकास गर्न लागी सेवामुखी पदमा बसेर सरकारी तलब भत्ता लिनु उपयुक्त नहुने भएकाले सारु मगरले यस्तो घोषणा गरेका हुन ।
उनले सरकारबाट आउने तलब भत्ता सामाजिक बिकास र बिभिन्न बर्गका मानिसहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन ।
नेपाली कांग्रेसले सारु मगरलाई वडाध्यक्ष पदमा उठाएको छ भने सदस्यहहरुमा सिता सुनार, टोपकला बिसि, राज कुमार थारु र लक्ष्मी बहादुर खत्रीलाई सदस्य पदमा उठाएको छ ।
प्रतिक्रिया