८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आइपीएलः राजस्थान शीर्ष स्थानमा उक्लियो



काठमाडौं ।
रियान परागले अविजित ५६ रन बनाउनुका साथै कुलदीप सेन चार तथा रविचन्द्रन आश्विनले तीन विकेट लिएपछि राजस्थान रोयल्सले मंगलबार राती इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्सर्ज बैंगलोरलाई २९ रनले हराएको छ ।

जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ८ खेलबाट १२ अंक जोडेको छ । समान १२ अंक जोेडेको गुजरात रनरेटका आधारमा दोस्रो स्थानमा छ । तर, गुजरातले एक खेल कम खेलेको छ । पराजित बैंगलोर पाँचौं स्थानमा छ । बैंगलोरले ९ खेलबाट १० अंक जोडेको छ ।

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा बैंगलोरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि परागले अविजित ४५ रन बनाएपछि राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रन बनाएको थियो । सेनले चार तथा आश्विनले तीन विकेट लिएपछि १४५ रनले लक्ष्य पछ्याएको बैंगलोरले १९.३ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको थियो ।

राजस्थानका परागले ३१ बलमा ३ चौका र ४ छक्कासहित अविजित ५६ रन बनाएका थिए । कप्तान सञ्जु सामसनले २७, आश्विनले १५ र डारेल मिचेलले १६ रन बनाएका थिए । बैंगलोरका मोहम्मद सिराज, जोश हाज्लेउड, वानिन्दु हसरंगा डी सिल्भाले समान दुई विकेट लिए । हर्शल पटेलले एक विकेट लिए ।


१४५ रनको लक्ष्य पछ्याएको बैंगलोरका लागि फाफ डुप्लेसिसले सबैभन्दा २३ रन बनाए । हसरंगा डी सिल्भाले १८, शाहबाज अहमदले १७ र रजत पटिदारले १६ रन बनाए । राजस्थानका कुलदीप सेनले ३.३ ओभरमा २० रन दिएर चार विकेट लिए । आश्विनले ४ ओभरमा १७ रन दिएर तीन विकेट लिए । प्रसिद्ध कृष्णाले दुई विकेट लिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  ९ : १२ बजे