मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)बाट मेयर पदमा गीता केसी (अन्जान)ले उम्मेद्वारी दर्ता गराएकी छिन् ।
पार्टीको जिल्ला उपाध्यक्ष समेत रहेकी अन्जानलाई कपिलवस्तु नगरपालिकामा समाजवादीले मेयरमा उठाएको हो ।
पीएचडी गर्दै गरेकी उनी बौद्धिक नेता हुन् । कपिलवस्तु वडा नं. ६ मा घर भएकी उनी जिल्लाभित्र लोकप्रिय छिन् ।
यस्तै समाजवादीबाट उप-मेयरमा दिंकर मिश्राले उम्मेद्वारी दिएका छन् । तौलिहवा बजार निवासी मिश्रा त्यस क्षेत्रमा लोकप्रिय छन् ।
नगरपालिकामा समाजवादीले ५ वडामा सिंगल रुपमा उम्मेद्वारी दिएको छ ।
कुनै दलसंग गठबन्धन नगरेको समाजवादीको तर्फबाट वडा नं. १ मा रमद खाँ वडाध्यक्षसहितको उम्मेद्वारी परेको छ । वडा नं. ३ मा वडाध्यक्ष करिष्मा चन्दसहितको प्यानल, वडा नं. ४ मा वडाध्यक्ष अल्ताफ आलम खानसहितका प्यानलले उम्मेद्वारी दिएका छन् ।
यस्तै वडा नं. ६ मा वडाध्यक्षमा महोम्मद रफिक अन्सारीसहितको प्यानल र वडा नं. ११ मा वडाध्यक्ष जित बहादुर चौधरीसहितको प्यानलले उम्मेद्वारी दर्ता गराएको समाजवादी कपिलवस्तु नगर कमिटीले जनाएको छ ।
यस्तै कतिपय वडामा समाजवादीले सदस्य उठाएर निर्वाचनमा भाग लिएको छ ।
प्रतिक्रिया