मायादेवी अनलाइन, पकडी ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका पालिका सचिव लपिस मुसलमानले पार्टी त्यागेका छन् । वडाध्यक्षका आकांक्षी रहेका मुसलमानले कांग्रेस त्यागेर नेकपा (एकीकृत समाजवादी)बाट वडाध्यक्षको टिकट पाएका छन् । सोमबार गाउँपालिकाको वडा नं. २ बाट उनले उम्मेद्वारी दर्ता गराए ।
यस्तै कांग्रेसबाट गएको ०७४ सालमा निर्वाचिन सुकदेव तिवारीले पनि कांग्रेस त्यागेर एकीकृत समाजवादी रोजेका छन् । कांग्रेसले टिकट नदिए पछि तिवारी समाजवादीबाट वडा नं. ३ को उम्मेद्वार बनेका छन् ।
मायादेवीमा समाजवादीबाट गाउँपालिकाको अध्यक्षमा फैजल खाँन र उपाध्यक्षमा माधुरी अग्रहरीले उम्मेद्वारी दिएका छन् । समाजवादीको बलियो उपस्थिति रहेको मायादेवीका ८ वटै वडामा सिंगल उम्मेद्वारी दर्ता भएको छ ।
वडा नं. १ मा समाजवादीले रज्जाक मुसलमानलाई वडाध्यक्षको टिकट दिएको छ भने वडा नं. ४ मा फत्ते महोम्मदलाई वडाध्यक्षमा उठाएको छ । महोम्मद गएको स्थानीय तहमा विजयी भएका वडाध्यक्ष हुन् ।
यस्तै वडा नं. ५ अब्दुल रहेमान वडाध्यक्षमा, वडा नं. ६ मा वलिराम यादव वडाध्यक्षमा, वडा नं. ७ दरओगा प्रसाद चौधरी वडाध्यक्षमा समाजवादीबाट लड्ने भएका छन् । चौधरी माओवादी केन्द्र परित्याग गरि समाजवादीबाट चुनाव लड्न लागेका हुन् ।
यस्तै वडा नं. ८ मा रामनरेश कहार वडाध्यक्षको उम्मेद्वार बनेका छन् । कोहार समाजवादीका मायादेवी अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया