अर्घाखाँची ।
नेकपा (एमाले) अर्घाखाँचीका जिल्ला कमिटी सदस्य योगेन्द्र खड्काले राजीनामा दिएका छन् । शनिवार एमाले अर्घाखाँचीलाई निवेदन लेखरनेता खड्काले राजीनामा दिएका हुन् ।
खड्कासँगै जगदिश खड्का, हरिकला खड्का र विष्णु खड्काले पनि पार्टी छाडेको घोषणा गरेका छन् ।
लामो समयदेखि एमालेमा सक्रिय रुपमा काम गर्दै आएको र समयको माग अनुसार काम गर्न नसक्ने भएकाले आफुले पाएको सम्पुर्ण जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उनीद्धारा विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनको मुखैमा खड्काले पार्टी छाडे पनि कुन पार्टीमा प्रवेश गर्ने हुन् उनले खुलाएका छैनन् ।
प्रतिक्रिया