काठमाण्डौ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ ।
मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि आज बिहीवार दिउँसो काठमाण्डौ आइपुग्नुभएका डा। गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेट्नुभएको हो । भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक डा। ग्रेबेयससलाई नेपालले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै भेटवार्ताका क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह गरिएको र उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको मन्त्री खतिवडाले बताउनुभयो ।
त्यसैगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले भोलि शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । त्यसैगरी उहाँले टेकु अस्पतालमा रहेको ल्याब निरीक्षण गर्ने, पाटन हाई स्कुलको निरीक्षण गर्ने लगायतको कार्यक्रम रहेको जनाइएको छ ।
भेटवार्ताका क्रममा उहाँले कोभिड –१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भनी प्रशंसा गर्नुभएको मन्त्री खतिवडाले बताउनुभयो ।
प्रतिक्रिया