१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

कपिलवस्तुको शम्शेरदल गणमा गोली चल्यो, एक सिपाही घाइते



कपिलवस्तु ।

कपिलवस्तुको गोरुसिंगेमा रहेको शम्शेरदल गणमा गोली चलेको छ । गणमा कार्यरत एक महिला सिपाहीले २ राउण्ड गोली चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गणको भित्रि पोष्टमा कार्यरत झापा जिल्ला गौरादह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीले आफैंमाथि गोली चलाएकी हुन् । उनको पेटमा गोली लागेको छ ।

घाइते राजवंशीलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७९ बिहिबार ००:००  ५ : ३६ बजे