मायादेवी अनलाइन, बुद्धभूमि ।
नेकपा (एकिकृत समाजवादी) बुद्धभूमि नगर कमिटीले आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा लड्ने उम्मेद्वारको टुंगो लगाएको छ ।
बुधवार गोरुसिंगेमा सम्पन्न नगर कमिटीको तेस्रो बैठकले सर्वसम्मत उम्मेद्वारको टुंगो लगाएर जिल्लाका लागि सिफारिस गरेको हो ।
एकीकृत समाजवादीले बुद्धभूमिमा दिव्यारुपा खनाललाई उपप्रमुखमा उठाउने भएको पार्टीका नगर कमिटी अध्यक्ष भुवन प्रसाद खनालले जानकारी दिनुभयो । जिल्लाको सचिवालय सदस्य रहनुभएकी खनाल गोरुसिंगे निवासी हुनुहुन्छ ।
सोही बैठकले वडा नम्वर १ मा लोक बहादुर खड्कालाई वडा अध्यक्ष, राधा श्रेष्ठलाई वडा सदस्य उठाउने गरि उम्मेद्वारको टुंगो लगाएको नगर कमिटी अध्यक्ष खनालले बताउनुभयो ।
यस्तै वडा नं. २ मा खगेश्वर खनाललाई वडा अध्यक्षमा, वडा नम्बर ३ मा चोपलाल थारुलाई वडाध्यक्षमा, वडा नं. ४ मा भुवन प्रसाद खनाललाई वडाध्यक्षमा उठाउने गरि उम्मेद्वार टुंगो लगाएर जिल्लामा सिफारिस गरिएको एकीकृत समाजवादी बुद्धभूमिले जनाएको छ ।
त्यसैगरी बैठकले आसन्न निर्वाचनमा पार्टीका अधिकतम उम्मेदवारलाई जिताउन भुवन प्रसाद खनालको संयोजकत्वमा १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरी सम्पुर्ण तयारीका साथ लाग्ने निर्णय समेत गरेको छ ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज क्षेत्र बहादुर खत्री, पार्टीका जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख विकास बन्जाडे, चेतना शर्मा, जगतमान केसी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया