९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ज्ञानपुञ्जले बाँड्यो कोभिडपछिका सबै पुरस्कार, विद्यार्थीले देखाए यस्ता कला !



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु जिल्लाकै पहिलो आइएसए अवार्ड प्राप्त गर्न सफल ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २६ औँ बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरको आफ्नै प्राङगणमा बार्षिकोत्सवसंगै नतिजा प्रकाशन र पुरस्कारण वितरण समारोह एकसाथ सम्पन्न गरेको हो ।

विद्यालय संचालक समितिका अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षता र नगरका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोभिडपछि २ बर्षसम्म प्रदान गर्न नसकिएका एकेडेमिक तथा खेल सप्ताहमा भएका बिभिन्न खेलकुदका क्रियाकलापमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने गत बर्षको एसईईमा फोर जिपिए हासिल गर्ने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयका अध्यक्ष अधिकारी, प्रमुख अतिथि जिसी, विशिष्ट अतिथि प्याब्सनका जिल्ला अध्यक्ष सुन्दर पाण्डे, प्रबन्ध निर्देशक रोमाकान्त घिमिरे, प्राचार्य सुरेन्द्र पाण्डे, निवर्तमान अध्यक्ष नवदत्त घिमिरे, संचालकहरु नारायण पौडेल, गोविन्द खनाल, गोविन्द पोख्रेल, जुनुमनी पाण्डे, गुनाखर घिमिरे, पत्रकार चन्द्रकान्त न्यौपाने, पूर्व शिक्षक दामोदर आचार्य, कृष्ण भट्टराई लगायतले उत्कृष्ट हुने विद्यार्थीलाई टिका ट्रफी र मेडलले पुरस्कृत गर्नुभएको थियो। करिब ५०० अभिभावक तथा विद्यार्थीको उपस्थितिमा सम्पन्न कार्यक्रममा ३ सय बढी विद्यार्थीले नेपाली कला र संस्कृति झल्कन सांगितिक प्रस्तुति देखाएका थिए । प्रत्येक कक्षाका विद्यार्थीलाई गायन र नृत्यमार्फत मञ्चमा प्रस्तुत गरेको कुरा अभिभावकले निकै मन पराएका थिए ।

This image has an empty alt attribute; its file name is IMG_20220420_123749-768x355.jpg

यसैबीच कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षक, विद्यार्थी र अभिभावकको सक्रियताले मात्र गुणस्तरीय शिक्षा हासिल गर्न सकिने बताएका छन् । प्रमुख अतिथि जिसीले विद्यालयको एक्लो प्रयासले मात्र शैक्षिक उपलब्धि हासिल गर्न नसकिने बताउनु भयो । अभिभाकलाई अहिले मोबाइल र टिकटकले ब्यस्त बनाउँदा विद्यार्थीलाई ध्यान दिन नसकिएको बताउँदै विद्यार्थी विग्रनुको कारण अभिभावक रहेको उहाँको भनाई छ ।

शैक्षिक बर्षको अन्त्यमा विद्यार्थी अदलबदल गर्दा सम्बन्धित विद्यालयको सर्टिफिकेट अनिवार्य भएको भन्दा बिनासर्टिफिकेट विद्यार्थी भर्ना नलिन पनि मातहतका सबै विद्यालय प्रशासनलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि प्याबसनका अध्यक्ष पाण्डेले कपिलवस्तुका सबै नीजि विद्यालय गुणस्तरीय शिक्षामा कम नभएको बताउनु भयो । यहाँका विद्यालय रुपन्देहीका विद्यालयभन्दा अब्बल रहेको भन्दै यसको एक उदाहरण ज्ञानुञ्ज पनि भएको उहाँले बताउनु् भयो । आफ्नो नेतृत्व्मा जिल्लाका सबै नीजि विद्यालयमा रहेको अस्वस्थपन हट्ने बताउँदै उहाँले स्थानीय सरकारसंग पनि मिलेर सहकार्य गर्ने दावी गर्नुभयो ।

विद्यालयका प्रबन्ध निर्देशक रोमकान्त घिमिरे र प्राचार्य सुरेन्द्र पाण्डले जिल्लाको उत्कृष्ट विद्यालय बनाउन प्रशासन र संचालक टिम लागेको बताउनु भयो । प्राचार्य पाण्डेले विद्यालयले अहिले गरिरहेका र भोलि गर्न सक्ने सिर्जनात्मक कामहरुको बारेमा प्रतिवेदनमार्फत अभिभावकलाई अवगत गराउनु भएको थियो ।

विद्यालयका संचालक गोविन्द पोख्रेल, पत्रकार चन्द्रकान्त न्यौपाने, नगर बालसंजालका अध्यक्ष सम्राट घिमिरे लगायतले बोल्दै युगानुकल, ब्यावहारिक र नैतिक शिक्षामा जोड दिनुपर्ने बताउँदै विद्यालयको प्रसंसा गर्नुभयो । सहायक प्रिन्सिपल महेश पन्त र मावि संयोजक विनोद नेपालको संचालनमा सम्पन्न कार्यक्रममा दर्जन बढी यस क्षेत्रका शैक्षिक तथा सामाजिक ब्यक्तिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९ बुधबार ००:००  ६ : ५२ बजे