९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्थानीय तहको चुनावमा गठबन्धन गरेर जानुपर्नेमा कांग्रेस क्षेत्र नंं. १ को जोड



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नंं. १ का सभापति अब्दुल मन्नान खाँले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं.१ को क्षेत्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै खाँले सत्ता गठबन्धन दलहरुमा वर्तमान पार्टी संगठनको अवस्था र एमाले बाहेक सरकारमा रहेका दलहरुबीच गठबन्धन आवश्यक भएकाले गठबन्धन गरिने बताए ।

खाँले विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने बताए ।

यस्तै क्षेत्र नं.१ का प्रदेश सभापति दुर्गा केसीले हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेको बताउँदै केन्द्रीय निर्देशन अनुसार आफूहरु अघि बढ्ने बताए ।

क्षेत्रीय सचिव विजय खनालले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरु एकजुट भएर लाग्नु पर्ने बताउँदै युवा भनेका कांग्रेसको मेरुदण्ड भएकाले युवाहरु कांग्रेसलाई जिताउन एक भएर लाग्न आग्रह गरे ।

क्षेत्र नं.१ का ३० वटा वडामा कांग्रेस पार्टीका गतिविधिलाई चलायमान बनाउन र कांग्रेसलाई जिताउन क्रियाशील सदस्यहरु लगायत सबै एकजुट भएर लाग्न क्षेत्रीय सचिव कृष्ण चौधरीले आग्रह गरे ।

यस्तै बैठकले क्षेत्र नं.१ का पार्टीका गतिविधि अनुगमन तथा मूल्याङ्कका लागि क्षेत्रीय सचिव विजय खनालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा कल्याण टण्डन, जयसराम यादव, उदयराज चौधरी र धनेश्वर अधिकारी रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९ बुधबार ००:००  ११ : १७ बजे