कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष हिमलाल वाग्ले वाणगंगा नगरपालिकामा मेयरको उम्मेदवार बन्ने भएका छन् । बंगलबार जिल्लाको बाणगंगामा सम्पन्न राजमो कपिलवस्तु जिल्ला समन्वय समितिको बैठकले अध्यक्ष वाग्लेलाई वाणगंगाको मेयरमा उठाउने निर्णय गरेको छ ।
वैठक पश्चात् अध्यक्ष वाग्लेद्वारा जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ । प्रेस बक्तब्य अगाडि भनिएको छ– “वर्तमान भ्रष्ट संसदीय व्यवस्थाको भन्डाफोर गरौँ अग्रगमनको पक्षमा मत प्रकट गरौँ १ भन्ने नाराका साथ निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय बमोजिम वाणगंगा नगरको मेयरमा हिमलाल वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साथै शिवराज नगरपालिका वडा नम्बर ४ को वार्ड अध्यक्षमा कमल खड्कालाई उमेदवार बनाउने निर्णय गरेको छ । साथै जिल्लाका अन्य उम्मेदवार टुङ्गो लगेपछि सार्वजनिक गरिनेछ ।”
बैठकले स्थानीय तहको निर्वाचनको बारेमा गम्भीर रुपले छलफल गर्दै प्रतिक्रियावादी, प्रतिगमनकारी र विखण्डनकारीहरुको बिरुद्धमा देशभक्त, जनवादी तथा बामपंथी शक्तिलाई बिजय गराउन आह्वान गर्दै चुनाबको उपयोग गर्ने निर्णय गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा जनाइए अनुसार वाणगंगा नगरपालिका सहित जिल्लाका अन्य पालिकाहरुमा र वडाहरुमा पनि जति सक्दो धेरै उमेदवारहरु राजमो समन्वय समितिले उठाउने छ ।
देशभक्त, जनवादी तथा वामपंथी शक्तिहरुसँग कार्यगत एकता तालमेलमा जान सकिने नीति खुल्ला गर्ने निर्णय समेत गरेको छ । साथै देशभक्त, जनतान्त्रिक तथा वामपंथी शक्तिहरुसँग कार्यगत एकता गरी चुनावी तालमेलमा जान सकिने बताइएको छ जसको लागि माधव भाट क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ जसको सदस्यहरमा बि।शंकर पराजुली र घनश्याम पोख्रेल रहेको जारी वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया