९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्थानीय वायुको प्रभावः मेघगर्जनसहित चट्याङ्, वर्षा र हावाहुरी



काठमाडौं ।

देशका केही प्रदेशमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणाली एकैछिनमा बदली हुने र थोरै थोरै भागमा मेघगर्जन र चट्याङ्सहित वर्षा र हावाहुरी आउने हुन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९ बुधबार ००:००  ८ : २० बजे