मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आउने निर्वाचन एमाले वाहेकका सबै शक्ति एकभएर आउदा समेत एमालेले जित्ने तयारीमा रहेको वताउनु भएको छ । महाभारतमा ५ पाण्डव न्यायको पक्षमा र सयौं कौरव अन्यायको पक्षमा भएको वताउदै अहिलेको अवस्थामा ५ दल संविधान ध्वस्त पार्ने, परमादेशवाट सरकार वनाउने, जनतादेशमा जान डराउने जस्ता काम गरेर कौरवको भूमिकामा रहेको वताउनु भयो । एमाले एक्लै पाण्डवको भूमिकामा रहेको बताउदै गुरुङले अवको जीत न्यायकै पक्षमा र समृद्धिको आंकाक्षा पुरा गर्ने दृढ संकल्प भएको पार्टी एमालेको हुने ठोकुवा गर्नुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग र प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशद्धारा सोमबार वाणगंगामा आयोजित लुम्बिनी प्रचार भेलाको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले ओली नेतृत्व सरकारको पालामा भएको विकास निर्माणका कार्यहरुको प्रेस चौतारीले व्यापक प्रचार प्रसार गर्न निर्देशन दिनुभएको छ । संगठन इन्र्चाज समेत रहनुभएका गुरुङले अहिले सम्म हुनै नसकेको विकास केपी ओली नेतृत्वको सरकारको पालामा भएको बताउदै यस्तो निर्देशन दिनुभएको हो । साथै उहाले राष्ट्रियताको सुरक्षा केवल एमालेले मात्र गर्न सक्ने बताउदै लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नेपालको नक्सा परिर्माजन तथा भारतले लगाएको अघोषित नाकाबन्दीको प्रतिरोध ओली सरकारले गरेको औल्याउनुभयो ।
उहाले एमाले पार्टी १ नम्मरी सुन रहेकोे दाबी गर्दै पांच दलिय गठबन्धलाई खियालागेको फलामको संज्ञा दिनुभयो । यस्तै उपमहासचिव गुरुङले एमालेले मात्रै, सामाजिक न्याय सहितको देश निर्माण गरेर समृद्धिको यात्रा गर्न सक्ने पार्टी रहेको वताउनु भयो । यस्तै कार्यक्रममा पोलिटव्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य विमला घिमिरेले पार्टी र प्रेस चौतारीको सम्बन्ध नङ र मासुको रहेको बताउदै चुनावको समयमा अझ बढी प्रेस चौतारीका पदाधिकारी र सदस्यहरुले आफ्नो भुमिका निभाउनुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा पार्टीका केन्द्रिय नेता एवम प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अहिले ५ दलिय गठबन्धनको नाममा स्वार्थको खेतीपाती गरिहेको बताउदै त्यो पनि धेरै दिन टिक्न नसक्ने ठोकुवा गनुभयो । नेकपा एमालेले अवको निर्वाचन जित्ने ४ आधारहरु प्रस्तुत गर्दै गत स्थानीय निर्वाचन भन्दा एमालेले धेरै संख्यामा जित्ने दावी गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पार्टीले गरेका राम्रा कामहरु, पार्टीका उद्धेश्य र योजनाहरु जनता माझ पुर्याउन प्रेस चौतारीमा आबद्ध सम्पुर्णमा आग्रह गर्नुभयो । कार्यक्रममा चुनावको प्रचार रणनिती एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने पत्रकार शेरबहादुर के.सीले पत्रकारको भूमिका विाष्यमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । लुम्विनी प्रदेशका १२ वटै जिल्लाका ३ सय वढी पत्रकार सहभागि भेला प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता कपिलबस्तु शाखा अध्यक्ष जानुपाण्डेको स्वागत मन्तव्य र प्रदेश महासचिव निरु गौतमको संचालनमा सम्पन्न भएको हो । भेला ११ बुदें कपिलवस्तु घोषणा पत्र जारी गर्दै सकिएको थियो ।
प्रतिक्रिया