दीपा महत, बुद्धभूमि ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन थालेको छ । ०७४ सालको संघीय-लोकतान्त्रिक-गणतन्त्रको संविधानसभाबाट संविधान जारी भएपछि भएको स्थानीय निर्वाचनको ५ बर्षे कार्यकाल सकाउने तयारीमा वहालवाला जनप्रतिनिधि छन् ।
आसन्न बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भैसकेको छ । चुनावी दिनको पखाई गरिरहेका आम मतदाता वहालवाल जनप्रतिनिधिले आफ्नो ५ बर्षे कार्यकालमा गरेका कामको विभिन्न कोणबाट चर्चा गरिरहेका छन् । अधिकांश जनप्रतिनिधि पुनः दोहोरिने तयारी गरिरहेका बेला कतिपय जनप्रतिनिधि भने अर्कालाई बाटो खोलिदिने सुरसारमा छन् । कपिलवस्तुका १० स्थानीय तहको नेतृत्व गरेका जनप्रतिनिधि मध्ये अधिकांशले दोहोरिने इच्छा राखेका हुन् । यद्यपि राजनीति दलले भने आधिकारीक रुपमा अझै उम्मेद्वार खडा गरिसकेका छैनन् ।
जनप्रतिनिधिको ५ बर्षे कार्यकाल सकिनै लाग्दा उनीहरुले गरेको कामको मूल्याङ्कन गर्ने बेला आएको छ । प्रयाप्त कानुनको अभाव, अस्थिर केन्द्र सरकार, कार्यालय प्रमुख नटिक्ने जस्ता समस्या अहिलेका जनप्रतिनिधिले झेल्नु परेका साझा समस्या हुन् । यद्यपि यी समस्याका बावजुत विश्वव्यापी कोरोना महामारी, बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपत्ति, नागरिकका सामान्य समस्या, बाटाघाटा, पुलपुलेसा निर्माण, सरकारी सेवा प्रवाहमा चुस्तता, शिक्षा, स्वास्थ्य जस्ता जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा कतिपय जनप्रतिनिधिले आफ्नो सकारात्मक प्रभाव छाड्न सफल देखिन्छन् । यी मध्येका एक उदाहरणीय मेयर केशव कुमार श्रेष्ठ हुन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित मेयर श्रेष्ठ संकटका बेला चिनिएका चर्चित जनप्रतिनिधि हुन् । ०७४ सालको निर्वाचनमा उम्मेद्वार भै रहदा श्रेष्ठ माथि विपक्षी उम्मेद्वारले विभिन्न टिकाटिप्पणी गरे पनि उनको कार्यकाल पूर्णतयाः सम्झन लायक देखिन्छ । नेतृत्वको कार्यकुशलता संकटका बेला मात्र देखिन्छ भन्ने आम राजनीति बुझाईलाई श्रेष्ठले दह्रो गरि समात्न सफल भएका छन् । ०७६ सालको अत्यतिर विश्वव्यापी कोरोना कहरले मानव जीवन आक्रान्त बन्यो । विश्वका विकसित देशलाई समेत कोरोनाले आहलकाहल पारेको बेला नेपाल जस्ता विकासोन्मुक देशहरु पनि चिन्तामा थिए ।
कोरोना नियन्त्रणका विभिन्न प्रयास भएपनि राज्यका विभिन्न तह यसको नियन्त्रणमा खासै अनुभवी थिएनन् । मानव जीवनमा सबैभन्दा खतरनाक बनेको कोरोना भाइरस नियन्त्रणमा राज्यका तीनै तहले कसरी काम गरे आम जनता साक्षीका किनारा हुन् ।
कोरोना नियन्त्रणको सवालमा जिल्लाका १० स्थानीय तह मध्ये सबैभन्दा बढी जिम्मेवार देखिएको पालिका बुद्धभूमि नगरपालिका हो । ०७६ सालको चैत्र दोस्रो हप्ता देखि सुरु भएको लकडाउनमा हजारौं जनताले पाएको दुःख बर्सन लायक छैन् । केन्द्र सरकारले एकाएक कोरोना नियन्त्रणका लागि गरेको लकडाउनको मारमा हजारौं श्रमिक जनता परे । एकाएक लकडाउन हुँदा यातायातका साधान ढप्प रहदा श्रमिकहरु घरसम्म पुग्न सकेनन् । सयौं किलोमिटरको पैदल यात्रा श्रमिकहरुले भोगभोगै थालेका थिए । बस्ने बास उनीहरुको केवल खुला आकाश बनेको मात्र थियो ।
यस्तो कारुणिक नियतीका बीच बुद्धभूमि नगरपालिका र यसका मेयर श्रेष्ठले आफ्नो नगर भित्र यात्रारत श्रमिकलाई खानेकुराको प्रवन्ध मिलाएका थिए । गोरुसिंगे, बुड्ढी, इमिलिया जस्ता नगर भित्रका बजारमा यात्रुलाई खानेपानीसंगै खानेकुराको प्रबन्ध मिलाएर श्रेष्ठ सबैका मनमा बस्न सफल भए । यत्रि मात्र होइन् श्रेष्ठले निशुल्क सवारी साधनको व्यवस्था मिलाएर छिमेकी पालिकासम्म यात्रुलाई पु¥याएका थिए ।
कोरोनाको सुरुवाती चरणमा देश भित्रकै मजदुर वर्गले पाएको दुःखमा मलम बनेका श्रेष्ठ कोरोनाको जगजगीमा क्वारेनटाइन, आइसोलेसन सञ्चालनमा ल्याई कोरोना संक्रमितको उपचारमा श्रेष्ठ दिनरात खटिएका थिए । भौतिक संरचनाको अभावका बीच श्रेष्ठले नगरभित्रका होटललाई भाडामा लिई कोरोना संक्रमितलाई बसोबासको राम्रो प्रवन्ध मिलाएका थिए ।
यति मात्र होइन् कोरोना नियन्त्रणका लागि आम नागरिकलाई निशुल्क रुपमा पिसिआर जाँचको व्यवस्था पनि उनले गरे । भारतबाट फर्किएका मजदुर बर्गको बन्दोबस्तोमा पनि उनको खटाई लोभलाग्दो देखिन्थ्यो । अर्घाखाँचीसंग सीमा जोडिएको पालिका भएकाले मजदुरको व्यवस्थापन गर्न हम्मे हम्मे परेपनि उनी निडरताका साथ प्रस्तुत भएर तत्काल समस्या समाधान गरे । नगरभित्रका कोरोनाका विरामीलाई पश्चिममा नेपालगञ्ज देखि पूर्व भरतपुर चितवनसम्मका अस्पतालमा निशुल्क लैजाने गरि एम्बुलेन्सको व्यवस्था श्रेष्ठले मिलाए । निशुल्क एम्बुलेन्स सेवा दिएर कोरोना संक्रमितलाई थप हैसला थप्ने काम श्रेष्ठले गरेका थिए ।
लामो समयको लकडाउनमा कृषि क्षेत्र धरासायी बन्यो । तरकारीको राम्रो पकेट क्षेत्र भएको पालिका बुद्धभूमि हो । लकडाउनका कारण उत्पादित तरकारी बजारसम्म पु¥याउन किसानलाई धौधौ परेका बेला मेयर श्रेष्ठ फिल्डमै गएर किसानको सहयात्री बने । आफुले सकेजति प्रयास गरि श्रेष्ठले उत्पादित तरकारी बजारसम्म लैजाने प्रवन्ध मिलाएका थिए ।
बुद्धभूमिमा उत्पादन भएको तरकारी अर्घाखाँची लैजादा कोरोना त्रासले डम्पिङ साइटमा फालेको घटनाले सिंगो कपिलवस्तु स्तब्ध बनेको थियो । यो घटनामा पनि मेयर श्रेष्ठ निडरताका साथ प्रतिवादमा उत्रिएका थिए । यसले सिंगो किसानको मलोबल बढाएको थियो ।
यति मात्र होइन् उनले कोरोनाका बेला विपन्न, मजदुर र गरिव वर्गले पेट पाल्न नसकिरहेको बेला बुद्धभूमिले जिल्लामै सबैभन्दा पहिले खाद्यान्न वितरण गरेर उत्कृष्ट काम गरेको थियो । नगरका सबै क्षेत्रमा कर्मचारी खटाएर विपन्न घरपरिवारको लगत संकलन गरि खाद्यान्न वितरणलाई बुद्धभूमिले प्रभावकारी रुपमा अगाडी बढाएको थियो ।
यस्तै कोरोनाको दोस्रो र तेस्रो लहरसम्म नै बुद्धभूमि नगरपालिकाले खेलेको भूमिका प्रशंसा गर्न लायक छ । जिल्लाका सबै पालिकाले पिसिआर जाँच बन्द गरेको बेला मेयर श्रेष्ठले कोरोनाको जोखिम कायमै रहेको भन्दै पछिल्लो दिनसम्म सञ्चालनमा ल्याएका थिए ।
नगरपालिकाको नेतृत्वमा आए देखि मेयर श्रेष्ठले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा छाप छाड्ने गरि काम गरेका छन् । सामुदायिक विद्यालयलाई गुणस्तरिय बनाउन अपुग शिक्षक भर्ना, प्रधानाध्यापक, शिक्षक र नगरपालिका बीच कार्य सम्झौता, विद्यालयका अपुक संरचना निर्माण, नमुना सामुदायिक विद्यालयका लागि पटक पटकका छलफल, अन्तरक्रिया सवल पक्षहरु हुन् ।
स्वास्थ्य क्षेत्रमा मेयर श्रेष्ठ बुद्धभूमिबासीको मनमा बस्न सफल भएका छन् । निशुल्क आँखा जाँच देखि गाउँगाउँमा घुम्ति शिविर सञ्चालन गरि उनले स्वास्थ्य समस्या हल गर्ने प्रयास गरे । हालै मात्र १५ शैयाको स्वास्थ्य चौकी गोरुसिंगेको बडहरामा उनले शिल्यानास गरेका छन् । यसभन्दा अगाडी वडा नं. ७ मानपुरमा सुविधासम्पन्न स्वास्थ्य चौकीको शिल्यानास गरि सकेका छन् ।
बर्षौ देखि गोरुसिंगेमा सञ्चालन भएको सर्पदशं उपचार केन्द्रलाई व्यवस्थित पार्ने श्रेय उनलाई नै जान्छ । त्यहाँ रहेको नेपाली सेना र स्थानीय समुदायको प्रत्यक्ष चासोमा रहेर सुचारु भएको सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित पार्न उनको महत्वपूर्ण योगदान छ । पश्चिम नेपालकै सर्पदंश उपचार केन्द्र रहेको यसलाई बजेट अभाव हुन नदिन नगरपालिकाले बर्षेनी खर्च गर्दै आएको छ । यतिमात्र होइन् मेयर श्रेष्ठकै सक्रियताले नजिकका पालिकासंग समन्वय गरि बजेटको बन्दोबस्त मिल्यो । एक जना कर्मचारी राखेर बुद्धभूमिले सर्पदंश उपचार केन्द्रलाई थप व्यवस्थित पारेको छ ।
बुद्धभूमिले आफ्नै लगानीमा एम्बुलेन्स सेवा प्रवाह गरिरहेको छ । आम गर्भवती, सुत्केरी महिला, विपन्न परिवारलाई निशुल्क रुपमा अस्पताल लैजाने काम एम्बुलेन्सबाट भैरहेको छ । अरु विरामीलाई पनि एम्बुलेन्स सेवा शुल्क कम लिएर विरामीको सेवा गरिरहेको छ ।
यो पनि पढ्नुहोस्…
शिक्षामैत्री मेयर केशव कुमार श्रेष्ठ, जसलाई मुक्तकण्डले प्रशंसा गरौं !
सडक सञ्जालबाट सिंगो नगरलाई जोड्दै नगर प्रमुख केशव कुमार श्रेष्ठ !
अवकास हुँदै गरेका स्वास्थ्य स्वयंसेविकालाई बुद्धभूमिले दिने भयो प्रोत्साहन रकम
बुद्धभूमिका मेयर श्रेष्ठको प्रश्नः तरकारीमा कोरोना देख्नेले चामलमा किन देख्दैनन् ?
प्रतिक्रिया