कपिलवस्तु ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्धारित मितिमै स्थानीयतहको निर्वाचन हुने भएकाले आपनो पार्टि अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्ने बताउनुभएको छ । नेकपा एकिकृत समाजवादी कपिलवस्तुको बाणगँगा नगर कमिटिले चारनम्वर जितपुरमा शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गदैं उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले केपीओली को प्रतिगमनका विरुद्ध रहेका पाँचदल सके मिलेर निर्वाचनमा जाने नत्र आपनो पार्टि स्थापना भएको सात महिना मात्र भएपनि एक्काएक्लै लड्न परेपनि पछि नपर्ने बताउनुभएको छ ।
स्थानीयतहको निर्वाचन नजिकिएकाले कार्यकर्तालाई सम्पुर्ण तयारीका साथ अगी बढ्न नेता नेपालले आग्रह समेत गर्नुभयो । आफुहरु कम्यूनिष्टको पवित्र भावना लिएर अगाडी बढेको भन्दै नँया पार्टी नभएर २००६ सालमै स्थापना भएको पाटीकै निरन्तरता रहेको बताउनुभयो ।
लोमो समय एमालेमा रहेर काम गरेका सच्चा कम्यूनिष्ट एकीकृत समाजवादीमा रहेको भन्दै आफुहरुनै सच्चा कम्यूनिष्ट रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एस जिल्ला कमिटी उपसचिव कमल भट्राईको संचालन रहेको कार्यक्रममा नेकपा एस केन्द्रय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्री, केन्द्रय सदस्य तथा सहइन्चार्ज मिना परियार, अध्यक्ष लंक हमाल, उपाध्यक्ष गिता अन्जान, नेत्रलाल खनाल, सचिव ओम प्रकास कुर्मी लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया