अंशु ढकाल, तौलिहवा ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चैत महिना भरी भएका अपराध अनुसन्धानका घटनाहरुको विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय तौलिहवामा शुक्रवार पत्रकार सम्मेलन गरी सावैजनिक गरिएको हो। चैत महिनामा ६० जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भएको छ।
यस्तै चैत महिनामा भन्सार तर्फ ५२ लाख६९ हजार ९११ रुपैया राजस्व संकलन भएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनु भयो। यसैबीच चालु आर्थिक वर्षको चैत महिनासम्ममा जम्मा भन्सार राजस्व ६९ करोड १८ लाख ५५ हजार ९९रुपैया र नदिजन्य पदार्थको राजस्वमा ७५ हजार ,रकम संकलन भएको छ।
चैत महिनामा लागु औषधका घटनामा १८ जना पक्राउ परेका छन्। जस मध्ये १२ गाम्र ४०४ मिलीगाम्र ब्राउन सुगरसहित ८ जना र नाईट्राभेट १२५ सय ट्याब्लेट र स्पास्मो ५०१ क्याप्सुल कोरेक्स १००यमआई १ सिसी सहित १० जना पक्राउ परेका छन। चैत महिनामा आत्महत्या गर्नेको संख्या १४ रहेको तथ्याङ्कमा उल्लेख छ।
जिल्लामा महिला तथा बालबालिका सम्बन्धी उजुरी ४२ वटा परेका छन् भने ३२वटा मिलापत्र भएका छन। बाँकी १० वटा रहेको तथ्याङ्कमा छ। यस्तै घरेलु हिंसा सम्बन्धी ४२ वटा मुद्धा दर्ता भएको छ। भने ३१ वटा मिलापत्र भएका छन। यस्तै माघ महिनामा जिल्ला प्रहरी कार्यालयका १ जना प्रहरी कारवाहीमा परेका छन्। आन्तरिक सुद्धिकरण अन्र्तगत पुरस्कृत १७ जना उत्कृष्ट हुनु भएको छ।
यस्तै चैता महिनाममा गरिएका रचनात्मक कार्यहरु राजमार्ग सुरक्षित र प्रदुषणरहित बनाउनका लागि कपिलवस्तु जिल्ला अन्र्तगत पर्ने महिन्द्र राजमार्ग सडकको दुबैतर्फ राखिएका होर्डिङ बोर्डहरु हटाउने कार्यलाई निरन्तरता दिईएको बताउनु भएको छ। प्रहरिका सहयोगी अन्र्तगत ३५ जना व्यक्तिहरु संग सम्र्पकस्तरको शान्ति सुरक्षको बिषमा छलफल भएको कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भएको छ।
आगामी महिनाका लागि पुराना फछ्र्याैट हुन बाकी पेन्डिङ्ग मुद्धामा अनुसन्धान तथा कारवाही, सिमा अपराध नियन्त्रणका लागि एलआरपी तथा प्रहरी क्रियाकलापमा बृद्धि गराउने कार्य योजना तय गरेको छ।
त्यस्तै आगामी स्थानीय चुनावलाई केन्द्रित गरी सुचना संबेदनशिलतामा थप सुचना संकलन गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधनलाई भन्सार गराउन आवश्यक कदम चाल्ने र सडक विस्तारमा हटाईएका सिसिटिभी क्यामरा पुन जोड्ने कार्य योजना बनाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रतिक्रिया