९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

युक्रेनसँगको युद्धका क्रममा क्षति पुगेको रुसी पानीजहाज समुद्रमा डुब्यो



एजेन्सी ।

विस्फोटका कारण क्षतिग्रस्त रुसको एउटा पानीजहाज समुद्रमा डुबेको छ । रुसी नौ सेनाको पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
ब्ल्याक सीमामा क्षतिग्रस्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
‘मस्क्भा’ नामको लडाकु पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको दाबी छ । १२ हजार टन तौलको पानीजहाज युद्धका क्रममा डुबेको यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो हो । यो जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर मेकलोएभमा बनेको हो । तर रुसले आक्रमणबारे खुलाएको छैन । आगलागी र विस्फोटले जहाजमा क्षति पुगेको रुसी रक्षा मन्त्रालयको दाबी छ।
पाँच सय १० जना रुसी फौज रहेको पानीजहाज युक्रेनविरुद्ध रुसी नौ सैनिक आक्रमणको प्रमुख मानिएको थियो । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको रुसले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९ शुक्रबार ००:००  ९ : ०८ बजे