काठमाडौँ ।
पहाडी क्षेत्रमा शुक्रबार आंशिक बदली रही देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा बदलीको सम्भावना रहेको हो । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
यसैबीच देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह मौसमविदको छ ।
प्रतिक्रिया