कपिलवस्तु ।
आज नयाँ वर्ष २०७९ को पहिलो दिन । कपिलवस्तुका पर्यटकीय तथा धार्मिकस्थलमा हिजोदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भिड लागेको छ ।
यस्तै नयाँ वर्ष मनाउनका लागि जिल्ला देखि लिएर बाहिरी जिल्लाबाट आन्तरिक पर्यटक कपिलवस्तुको मधौली पार्कमा आएका छन् । पछिल्लो समय सामाजिक संजाल टिकटकमा निकै भाइरल बनेको मधौली पार्कमा आज भिड लागेको थियो । यसअघि निशुल्क प्रवेशको ब्यवस्था गरिएपनि आज भने टिकटको ब्यवस्था थियो । प्रचण्ड गर्मीका बावजुतपनि पार्कमा मानिसहरुको भिडभाड थियो । नयाँ वर्षको दिन भएको हुनाले आज बढी भिड रहेको हो । पछिल्लो समय मधौली पार्क थप ब्यवस्थीत बन्दै गएको छ भने कपिलवस्तु सहित अन्य जिल्लाबाटपनि मानिसहरु आउने गरेका छन् । यस्तै जिल्लाका तिलौराकोट, कुदान लगाएतका स्थानमापनि आज बाक्लो चहलपहल थियो ।
प्रतिक्रिया