विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित थापाले निर्वाचन आचारसंहिता घोषणा भएसँगै सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् ।
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष थापाले प्रयोग गर्दै आइरहेको लु १ झ ४०३ नम्बरको स्कार्पियो आइतबार कार्यालयमा बुझाएको गाउँपालिकाले जानकारी दिएको छ । आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्ष थापाले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी हिमलाल पौडेलले जानकारी दिए
प्रतिक्रिया