काठमाण्डौ ।
आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको शीर्ष नेताको बैठकमा तालमेलको मोडालिटीबारे छलफल भइरहेको छ ।
आजै संयुक्त अपिल जारी गर्ने गठबन्धनको तयारी छ । पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय भए पनि कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा कुरा नमिल्दा सहमति हुन सकेको छैन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पालिकाबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ।
प्रतिक्रिया