८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

कपिलवस्तुमा ५ दलिय बैठक बस्यो, यस्तो भयो सहमति



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुमा पुनः ५ दलिय सत्ता गठबन्धनको बैठक चन्द्रौटामा बसेको छ । पछिल्ला दिनहरुमा बैठकलाई तीव्र पार्दै आएको गठबन्धनले आइतबार पनि चुनावी तालमेलको विषयमा छलफल मात्र गरेको छ ।

बैठकमा गठबन्धनबारे खुल्ला छलफल भएपनि कुनै ठोस सहमति भई नसकेको जसपा नेपालका केन्द्रीय सदस्य नारायण खनालले जानकारी दिनुभयो । यद्यपि बैठक सकरात्मक दिशामा अगाडी बढेको उहाँको दाबी छ ।

नेकपा (एस) शिवराजको पार्टी कार्यालयमा बसेको बैठकले चुनावी रणनीतिका बारेमा छलफल गरेको बैठकमा सहभागी नेकपा एसका जिल्ला अध्यक्ष लंक बहादुर हमालले जानकारी दिनुभयो ।

बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको सबै पालिका गठबन्धन जित्ने निष्कर्ष निकालेको अध्यक्ष हमालको भनाई छ । साथै आफ्नो पार्टीको अन्तर कलहलाई ब्यवस्थापन गर्दै जाने निर्णय पनि बैठकले गरेको छ ।

आगामी बैठक २०७९ वैशाख ३ गते राजमो पार्टी कार्यालय जितपुर चारनम्बरमा बस्ने निर्णय गरिएको छ ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिष्णु शाह, माओवादी केन्द्रका नेताहरु दिनेश पुन, उमा विका, अर्जुन सापकोटा, नेकपा एसका केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री, जिल्ला अध्यक्ष लंका बहादुर हमाल, प्रदेश सदस्य जिवलाल पौडेल जसपा केन्द्रिय सदस्य नारायण खनाल, प्रदेश प्रवक्ता अकरम पठान, राजमो तर्फबाट जिल्ला अध्यक्ष दधिराम आचार्य जनमोर्चा नेता शिव पौडेल लगायतका सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८ आइतबार ००:००  ८ : ०५ बजे