७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कपिलवस्तुका प्रभावशाली नेता डा मन्जुर एकीकृत समाजवादीमा प्रवेश, माधव नेपालद्धारा स्वागत



चन्द्रौटा ।

कपिलवस्तुका प्रभावशाली नेता डा मन्जुर खाँ नेकपा एकिकृतमा प्रवेश गर्नुभएको छ । २०६४सालको संविधान सभा निर्वाचनमा तराई मधेश लोकतान्त्रीक पार्टी वाट निर्वाचन क्षेत्र न ५ वाट झिनो मताअन्तरले पराजित डा मन्जुर खाँ ,प्रभावशाली नेता अब्दुल हक लगायतको नेताहरु एकीकृत समाजवादी प्रवेश गरेका छन् । डा मन्जुर प्रवेश गरेसगै हाल रहेको कपिलवस्तुको क्षेत्र ३ मा एकीकृत समाजवादी थप बलियो बनेको छ । उनको प्रवेशले आगामी स्थानीय तहको निर्वाचनमा पनि प्रभाव पर्ने बुझिएको छ ।

नेपाल कम्यूनिष्ट पाटी ९एकीकृत समाजवादी०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने बताउनुभयो । पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको बताउँदै सबै दलहरू गठबन्धन प्रति सकारात्मक रहेको बताउनुभयो । मंगलवार कपिलवस्तुको शिवराज नगरपालिका वडा २ मा भएको प्रशिक्षण तथा पाटीप्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रति जनताको आकर्षण देखेर विपक्ष दलहरू बरबराउन थालेको बताउनुभयो ।

गत निर्वाचनमा जनताले विश्वास गरेर जिताएको पाटीले संविधान मास्ने तथा हावादारी गफ गरेर जनतालाई अलमलाएको आरोप लगाउनुभयो । नेकपा एमालेको सूर्यमा ग्रहण लागेको बताउँदै अब कलमलाई विश्वास गरेर मतदान गर्न अपिल गर्नुभयो । एकीकृत समाजवादी पाटी समाजवादको दिशामा अगाडी बढेको बताउँदै न्याय, सत्य र परिवर्तनको लागि काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । ६ महिना अघि गठन गरेको पाटीमा अहिले जनताको लहर रहेको बताउँदै मेयर र वडा अध्यक्ष दैनिक रूपमा पार्टी प्रवेश गरेको बताउनुभयो । लुम्बिनी सँग जोडेर कपिलवस्तुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउँदै पर्यटक भित्रिएमा नागरिकहरू आत्मनिर्भर बन्ने बताउनुभयो । एक सय रुपैयाँ वाट सुरु गरेका वृद्ध भत्ता अब मासिक ५ हजार पु¥याउने दाबी गर्नुभयो । कतिपय नक्कली व्यक्तिले वृद्धा भत्ता आफूले सुरु गरेको भनेर जनतामाझ अफवाह फैलाएको बताउनुभयो । कपिलवस्तुका प्रभावशाली नेता डा मन्जुर खाँलाई प्रवेश गराउँदै अध्यक्ष नेपालले पाटीलाई थप मजवुद बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत बिश्वासीले एमालेले जनतालाई घात गरेको बताउनुभयो । केपी ओलीले संविधान मिचेर संसद् विघटन गरेर जनताको मतलाई अपमान गरेको आरोप लगाउनुभयो । स्थानीय तहको निर्वाचनमा गठबन्धन बलियो भएकोले एमाले आत्तिएको बताउनुभयो । लुम्बिनी प्रदेश अध्यक्ष मेटामणी चौधरीले कपि ओलीको प्रवृत्तिलाई जनताले अस्वीकार गरेको बताउनुभयो । अंहकार र प्रतिगमनले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताउँदै नागरिकहरू सचेत हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०७८ मंगलबार ००:००  ७ : २४ बजे