काठमाडौं ।
भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार बंगलादेशको सामना गर्दैछ ।
जमसेदपुरमा नेपालले अन्तिम खेलमा बलियो टोली बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बेलुका ७स्१५ बजे सुरु हुनेछ।
आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगालदेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।
च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४(२ गोल अन्तरले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ । बंगलादेश भने जितलाई कायम राख्न चाहन्छ ।
तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । ३ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।
प्रतिक्रिया