९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना



काठमाण्डौ ।

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार आज दिउँसोपछि प्रदेश १ का पहाडी क्षेत्रका एक र दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

भोलि भने प्रदेश(१ सहित वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, पर्सिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८ मंगलबार ००:००  ७ : ५८ बजे