मोरङ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकिएको मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।
आज सोमवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नरहेको भन्दै वैशाख ३० गते शान्त र निष्पक्ष चुनाव हुने बताउनुभयो । चुनाव गराउने दायित्व निर्वाचन आयोगको रहेको र सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले नागरिकको मन जितेर काम गर्नुपर्ने पनि बताउनुभयो । सङ्घीयताको जग स्थानीय तह भएकोले स्थानीय तहले नागरिकको आकाङ्क्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया