९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्व. धर्मपत्नीको पुन्यतिथिमा सूर्य वरालद्धारा नन्दनगरको गुरुकुलममा भण्डारा



मायादेवी अनलाइन, चारनम्बर ।
समाजसेवी तथा राजनितिज्ञ सुर्य बरालले स्वर्गिय धर्मपत्नी पार्वती बरालको पुन्यतिथिमा मानवीय काम गर्नुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको कैलाश आश्रम गुरुकुलममा अध्ययनरत बटुकहरुको लागि एक दिनको भण्डारा लगाएर बरालले स्वर्गिय धर्मपत्नीको बार्षिकी मनाउनु भएको हो ।

उहाँले १ सय बढी बटुकहरुलाई साँझको एक छाक खाना खुवाएको मायादेवी अनलाइनसंग बताउनु भयो । गुरुकुलका बटुकहरुलाई एक छाक खाना खुवाउँदा अत्यन्तै सन्तुष्टिको अनुभूति भएको उहाँले बताउनुभयो ।

मुष्ठीदानले चलेको आश्रमलाई एक दिन पनि सहयोग गर्दा धेरै सहज हुने भएको हुँदा पत्नीको पुण्यतिथिमा सो काम गरिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बटुकहरुलाई खाना खुवाउने कार्यक्रममा बरालका दुई छोरी सुस्मीता र समिक्षा बराल पनि सहभागि थिए । बरालको सहयोग आश्रमको लागि महत्वपूर्ण भएको गुरुकुलमले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८ सोमबार ००:००  १२ : ५९ बजे