बुटवल ।
गायक प्रकाश सपुतको ‘पिर’ गीतले सार्वजनिक भएको एक सातामै करोड भ्युज बटुलेको छ । माओवादी सशस्त्र युद्ध, मुलुकमा आएको व्यवस्था परिवर्तन र भुई तहमा कार्यकर्ता तथा जनताहरुको अवस्थालाई समावेश पारेर तयार पारिएको पिर गीत ट्रेन्डिङको पहिलो नम्बरमा रहँदै एक करोड भ्युज बटुल्न सफल भएको हो ।
अघिल्लो शुक्रवार सार्वजनिक ‘पीर’ बोलको गीतको भिडियोमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ । भिडियोको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ । त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका छन् । भिडियोमा ‘देहव्यापार गर्न लागेकी महिला’को भूमिका निर्वाह गरेकी कलाकार केशु पुन मगर ९केशरी० आफू पूर्वजनवादी कलाकार भएको बताउँछिन् । गीतको म्युजिक भिडियोका बारेमा यो समाचार तयार पार्दासम्म यूट्युव च्यानलमा गई ३९ हजार बढीले प्रतिक्रिया जनाएका छन् ।
माओवादी विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले उक्त गीत यूट्यूबबाट हटाउन चेतावनी दिएपछि उक्त भिडियोबारे सामाजिक सञ्जालमा व्यापक चर्चा हुन थालेको थियो । सिंहले भिडियोमार्फत् जनयुद्धमा सहभागी महिलाहरू देहव्यापारमा संलग्न भएको सन्देश दिनु प्रति आपत्ति जनाउँदै लेखेकी छनः ‘यस भिडियो निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको, राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा बुझाइरहनुपर्ने हो रु’ उनले भिडियो अपमानजनक भएको र सर्जक सपूतले माफी मागेर त्यसलाई यूट्यूबबाट हटाउनु पर्ने चेतावनी दिएकी थिइन् । माओवादी केन्द्रका ४ भातृ संगठनहरुले त विज्ञप्ति नै निकाली उक्त गितमा समावेश गरिएको भियो तत्काल हटाउनु पर्ने माग समेत गरे ।
नेपालमा माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गरेकामध्ये एक शीर्ष नेता डा। बाबुराम भट्टराईले भने प्रकाश सपुतको पक्षमा आफ्नो मत राखेका थिए । उनले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताउँदै ट्वीटमा लेखेका थिए –‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढँगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने रु’
बजारमा गीतको पक्ष र विपक्षमा सर्वत्र समर्थन र आलोचना सुरु भएपछि सपुतले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै भनेका थिए ‘मैले गल्ती गरेको हुँ कि तपाईहरु ९केही० ले गलत बुझनु भएको हो । समीक्षा गर्दै छु ।’ जे होस नेपाली गीत संगीतमा मात्र होइन मुलुकको राजनीतिक परिवर्तन र हालको व्यवस्थाका बारेमा समेत ठूलै समीक्षा गर्नु पर्ने आवश्यकता रहेको कुरालाई सपुतको सिर्जनाले बलियो गरी उठान गर्न सफल देखिन्छ ।
प्रतिक्रिया