ललितपुर ।
अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज शुक्रवार उहाँले देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
बैंकको ब्याज दरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सांस्कृतिक सहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाको समेत प्रवर्द्धन गर्ने योजना छ ।’ उहाँले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत माग्नुभयो । युक्रेन र रुसबीचको युद्धका कारण देशमा ठूलो असर परिरहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया