९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाण्डौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले वडाध्यक्ष भरतप्रसाद कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुले घरबाटोलगायत अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आरोप छ । आरोपीबाट एक लाख दुई हजार ५ सय ८५ रुपैयाँ असुलउपर गराउन माग गरिएको छ ।

तत्कालीन वडा सचिव अनामिका रौनियारबाट एक लाख ३१ हजार ९० बिगो कायम गरी त्यति नै रकम जरिबाना गर्न तथा कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ८ : ३४ बजे