९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र बङ्ग्लादेश खेल्दै



काठमाण्डौ ।

१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपाल र बङ्ग्लादेशबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोलले पराजित भएको थियो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् ।

नेपालले तेस्रो खेलमा आउँदो मार्चमा २१ मा फेरि भारतसँग खेल्नेछ । त्यस्तै मार्च २३ मा बङ्ग्लादेशसँग खेल्ने तालिका छ । साफ च्याम्पियनसिको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ८ : ३२ बजे