९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छ : रुसी वार्ता टोली प्रमुख



काठमाण्डौ ।

रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिनुहुने उहाँले यस्तो जानकारी दिनु भएको हो ।

उहाँले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै ठोस निष्कर्ष भने ननिस्किएको जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ुहामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेण्डाअनुसार वार्ता गरिरहेका छौँ । युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ । जसका कारण यहाँ कैयौँ नागरिकको ज्यान गएको छ भने युक्रेनका संरचनाहरु पनि ध्वस्त भइरहेका छन् । तर वार्ताबाट कुनै निकास भने निस्किएको छैन ।ु

रुस युक्रेन द्वन्द्वले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई प्राय सबै देशहरुले फिर्ता लगिसकेको जनाएका छन् । रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७८ मंगलबार ००:००  १ : ४९ बजे