९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सर्वोच्चका प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी माग



काठमाण्डौ ।

संसदीय सुनुवा समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
आज सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्याय परिषदबाट आएका विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाइको काम प्रारम्भ हुने बताउनुभयो । उहाँले यो सूचना सर्वसाधारणलगायत सबै सरोकारवालालाई जारी गरिने बताउनुभयो ।
सभापति कर्णले भोलि मङ्गलवारदेखि त्यो सूचना सरोकारवाला निकाय र आम नागरिकमामा जाने बताउनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८ सोमबार ००:००  ३ : ११ बजे