९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल दर्शन समाज कपिलवस्तुको अध्यक्षमा सुष्मा खाँण निर्विरोध



अनिश बन्जाडे, जितपुर

ठकुरी जातिहरुको एकीकृत समुह नेपाल दर्शन समाज कपिलवस्तुको १८ औँ बार्षिक साधारण सभा तथा नवौँ अधिवेशन शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । वाणगंगा ४ सिद्धिपुरमा अवस्थित संस्थाको भवनमा कार्यक्रमको आयोजना गरिएको थियो ।

यसैबिच नेपाल दर्शन समाजको १८ औँ बार्षिक साधारण सभा तथा नवौँ अधिवेशनबाट आगामी ३ बर्षका लागि समाजको नयाँ कार्य समिती र लेखासमिती चयन गरिएको छ । जसको अध्यक्षमा सुष्मा खाँण निर्विरोध चयन हुनुभएको छ । जसको उपाध्यक्षमा सुनिता सेन,सचिवमा भबिन्द्र सेन,कोषाध्यक्षमा लक्ष्मी खाँण र अन्य सदस्यहरु गरि १३ सदस्यिय कार्यसमिती चयन भएको छ । यस्तै ३ सदस्यिय लेखा समिती अन्तर्गत संयोजकमा देबेन्द्र बिक्रम मल्ल र सदस्यहरुमा लिला सेन र तारा शाही रहनुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाल दर्शन समाज कपिलवस्तुका महानार्थ सदस्य पे्रम बहादुर मल्लले ठकुरी बन्धुहरुको साझा घर दर्शन समाज भएकाले यसको संरक्षण गर्नुपर्ने दायित्व समाजका सबै सदस्यहरुको रहेको बताउनुभयो । उहाँले ठकुरी जातिहरुको कला, संस्कुति र पहिचानलाई जोगाइ राख्नका लागि नेपाल दर्शन समाजले महत्वपुर्ण भुमिका खेल्ने तर्क राख्नुभएको थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय महासंघ सदस्य विदुर मल्लले समाजमा छरिएर रहेका ठकुरी बन्धुहरुलाई एकत्रित गर्दै व्यवसायिकता मार्फत आर्थिक, सामाजिक, साँस्कृतिक उन्नतिका लागी समाजमा ठकुरी जातिको पहिचानलाई जोगाई राख्न नेपाल दर्शन समाज कपिलवस्तुको स्थापना गरिएको बताउनुभयो । स्थापनाको १७ बर्ष पुरा गरि १८ बर्षमा लाग्दा समाज अब प्रगतिको पथमा अगाडी बढेको साबित भएको उल्लेख गर्दै आगामी दिनहरुमा सबैको साथ र सहकार्यको आवश्यकता पर्ने बताउनुभयो ।

यस्तै साधारण सभा तथा अबिधेशनको कार्यपत्र प्रस्तुत गर्दै नेपाल दर्शन समाज कपिलवस्तुका निवर्तमान अध्यक्ष राजेन्द्र बिक्रम शाहले कपिलवस्तु जिल्लामा सबैभन्दा बढी ठकुरी जातिको बसोवास रहेको क्षेत्र वाणगंगा नगरपालिका रहेको बताउँदै २ दुई हजार २ सय २२ घरधुरि मध्ये ४०० सय जना ठकुरीको अनुमान गरिएको उल्लेख गर्नुभयो । यस्तै उहाँले गत बर्ष अनुमान गरिएको कार्यक्रममा ३० प्रतिशत सफलता हासिल गर्न सफल भएको उल्लेख गर्नुभएको थियो । समाजको बार्षिक प्रगति प्रतिवेदन निवर्तमान सचिव सुनिता सेनले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको आर्थिक प्रतिवेदन समाजका निवर्तमान कोषाध्यक्ष फवेन्द्र सेनले प्रस्तुत गर्नु भएको हो ।
कार्यक्रममा नेपाल दर्शन समाजलाई नगद ५० हजार रुपैया आर्थिक सहयोग गरेबापत महानार्थ सदस्यको रुपमा बिरेन्द्र खाँण र पे्रम बहादुर मल्ललाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल दर्शन समाज कपिलवस्तुका निवर्तमान अध्यक्ष राजेन्द्र बिक्रम शाहाको अध्यक्षता, केन्द्रिय महासंघ सदस्य विदुर मल्लको प्रमुख आतिथ्यता,माहानार्थ सदस्यद्धय पे्रम बहादुर मल्ल र बिरेन्द्र खाँणको बिशिष्ट आतिथ्यता लगाएत समाजका सल्लाहकार, पुर्व अध्यक्ष, संस्थापक सदस्यहरु लगाएतको आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सन्चालन निवर्तमान सचिब सुनिता सेनले गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८ शनिबार ००:००  ६ : ३० बजे