९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चुनावमा पार्टीलाई जिताउन अनेमसंघ सक्रिय भएर लाग्नुपर्छ : पोलिटब्युरो सदस्य घिमिरे



मायादेवी अनलाइन, कपिलवस्तु ।

अखिल नेपाल महिला संघ कपिलवस्तुको १० औं जिल्ला सम्मेलनको उद्घाटन सत्र बुद्धभूमि नगरपालिका वडा नं २ गोरुसिंगेमा सम्पन्न भएको छ । उद्घाटन शत्रका प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले अनेमसंघले स्थापना काल देखि नै आफ्नो निती नियममा रहेर महिलाहरुको हकहितमा कार्यहरु गर्दै आएको बताउनु भयो । अनेमसंघको १० औं जिल्ला सम्मेलनमा बोल्दै उँहाले यस्तो बताउनु भएको हो ।

अब आउने निर्वाचनमा पार्टीलाई जिताउन अनेमसंघ तमतयार भएर लाग्न जरुरी भएको बताउनु भयो । तिन तहको निर्वाचनमा नेकपा एमालेको जित निश्चित भएको हुँदा अनेमसंघका दिदी बहिनीहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य , अनेमसंघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शान्तिदेवी हरिजनले अखिल नेपाल महिला संघले आ आफ्नो निती नियममा रहेका काम गर्दै आएको बताउनु भयो । संगठन बलियो भए पार्टी बलियो हुने भएको हुँदा स्थानीय निर्वाचनमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिनुभयो । साथै निर्वाचित कमिटीका पदाधिकारीहरुलाई अग्रिम शुभकामना दिनु भयो ।

यसैगरी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य सुर्य कुमारी शाही, पार्टीका सचिवालय सदस्य तथा संघका केन्द्रिय सदस्य रिता चौधरी, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य शिव कुमारी थारु, पार्टीका जिल्ला सचिवालय सदस्य पिताम्बर खनाल, नेकपाका जिल्ला सचिवालय सदस्य कृष्ण भट्टराई लगाएतले आफ्नो मन्तब्य दिनुभयो । साथै अनेमसंघका महिला दिदी बहिनीहरुलाई जिम्मेवारीका साथ अगाडी बढ्न आग्रह गर्नु भयो ।

कार्यक्रम अखिल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षतामा संघका उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा संघका जिल्ला सचिव चेतना अधिकारीको संचालनमा सम्पन्न भएको अखिल नेपाल महिला संघ जिल्ला कमिटीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८ शनिबार ००:००  ४ : ०३ बजे