९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आजको मौसमः पश्चिमी क्षेत्रको पहाडी भू–भागमा मौसम आंशिक बद्ली



काठमाण्डौ ।

देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बद्ली भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बद्ली भएको हो । आज दिउँसो पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, वाग्मती र प्रदेश–१ का उच्च हिमाली क्षेत्रको एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । अरु ठाउँको मौसम सफा रहेको छ । प्रि–मनसुन सुरु भइसकेकाले बेलुकापख हावा चल्न थालेको छ ।
स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हावाहुरी चल्ने जोखिम रहने भएकाले सचेत हुन मौसमविद्को सुझाव छ । गर्मी बढ्दै गएकाले जमिन तात्न थालेको तथा सानो–सानो समूहमा बादल देखिने क्रम सुरु भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
यो बेला कतैकतै हावाहुरी र असिना पानी पर्न सक्ने भएकाले सचेत रहन पनि उहाँको आग्रह छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८ शुक्रबार ००:००  ७ : ४१ बजे