९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विश्व मृगौला दिवसः रोटरी सेन्ट्रल कपिलवस्तुद्धारा वाणगंगामा चेतनात्मक र्‍याली



अनिश बन्जाडे, कपिलवस्तु ।

विश्व मृगौला दिवसको अवसरमा बाणगंगा नगरपालिकामा जनचेतनामुलक र्‍याली कार्यक्रम सम्पन्न भएको छ । जनचेतना बढाऔँ मृगौला रोग लाग्नबाट बचौँ र बचाऔँ भन्ने नाराका साथ कपिलवस्तु सामुदायिक डायलाईसिस सेन्टर, रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजना र नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा कपिलवस्तुको सहकार्यमा जनचेतना र्याली भएको हो । बाणगंगाको जितपुर होराईजन चोकदेखि सुरु भएको र्याली बैरियामा रहेको कपिलवस्तु सामुदायिक डायलाईसिस सेन्टरमा गएर समापन भएको थियो ।

र्यालीमा सहभागि सबैलाई मृगौला सम्बन्धी सचेतना फैलाउने टिसर्ट प्रदान गरिएको थियो भने अडियो प्रशारणको माध्यमबाट मृगौला रोगबाट बच्नका लागी ध्यान दिनुपर्ने कुराहरुको बारेमा सन्देश सम्पे्रषण गरिएको थियो ।

कार्यक्रममा बोल्दै रोटरी सेन्ट्रलका अध्यक्ष धर्मराज भट्टराईले छोटो समयमा तयारी गरिएको कार्यक्रममा सहभागि भएका सबैलाई धन्यबाद दिँदै मिर्गौला बचाउन सचेतना जरुरी रहेको बताउनु भयो । अब सेन्ट्रलले कपिलवस्तुमा सामाजिक र मानिवीय कार्य गर्ने बताउनु भयो । चर्चामा रहेको डाइलाइसिस सेन्टर जेसिज भवनमा संचालनमा आएकाले सेवा लिन पनि उहाँले सबैम आग्रह गर्नुभयो ।

यस्तै मृगौलाको जाँच गराउन चाहने सहभागिहरुको लागी १ महिनासम्मको अवधिभर जतिबेला पनि निशुल्क उपचार गर्न मिल्नेगरी ७०० सय रुपैयाको कुपन समेत प्रदान गरिएको छ ।

सचेतना र्यालीमा प्रदेश सांसद विष्णु पन्थी, बिभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी सन्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।सेन्ट्रलले शुक्रबार भव्यताका साथ चार्टर कार्यक्रम गर्दै छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८ बिहिबार ००:००  ७ : ३४ बजे