काठमाण्डौ ।
सत्ता साझेदार नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह चुनावमा मिलेर जाने सहमति भइसकेको दाबी गर्नुभएको छ ।
आज बुधवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको चुनावमा परिचालित हुन सिङ्गो पार्टी पङ्क्तिलाई उहाँले आह्वानसमेत गर्नुभयो ।
अध्यक्ष नेपालले अब सिङ्गो पार्टीको ध्यान स्थानीय तह चुनावमा केन्द्रित हुने पनि स्पष्ट पार्नुभयो । त्यसका लागि आवश्यक सङ्गठन र योजना निर्माण गर्न यो बैठकले महत्त्वपूर्ण निर्णय लिनुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया