९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालले श्रीलङ्का नेभीलाई दियो १ सय ९७ रनको लक्ष्य



काठमाण्डौ ।

दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले श्रीलङ्का नेभीलाई एक सय ९७ रनको लक्ष्य दिएको छ ।

कोलम्बोमा आज मङ्गलवार पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर चार बलमा अलआउट हुँदै एक सय ९६ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए ।

यस्तै विवेककुमार यादवले २६, भीम सार्कीले २८, पवन सर्राफले २२, रोहित पौडेल र सागर ढकालले ८र८ तथा कुशल भुर्तेलले तीन रन बनाए । विनोद भण्डारीले दुई रन बनाए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले १र१ रन बनाए । कप्तान सन्दीप लामिछाने १४ रनमा नटआउट रहे ।

हिजो सोमवार भएको खेलमा श्रीलङ्का नेभीलाई एक सय तीन रनमा अलआउट गर्दै नेपाल एक सय ११ रनले विजयी भएको थियो ।
संयुक्त अरब इमिरेट्स ९यूएई० मा हुने विश्व क्रिकेट लिग डिभिजन(२ अन्तर्गतको एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोली अभ्यास खेल खेल्न श्रीलङ्कामा छ । श्रीलङ्कामा रहँदा नेपाली टोलीले चार वटा अभ्यास खेल खेल्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८ मंगलबार ००:००  २ : १९ बजे