९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

युक्रेन–रुस युद्धमा फसेका नेपालीलाई श्रम मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्न आग्रह



काठमाण्डौ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले युक्रेन–रुस युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ ।

वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिइ वा नलिइ रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेकाहरुलाई सम्पर्कमा आउन कल सेन्टरले आग्रह गरेको हो । त्यहाँ अप्ठ्यारोमा परेमा वा उद्धार गर्नुपर्ने अवस्था भएमा ती देशमा रहेका नियोग वा नेपालमा रहेका आफन्तलाई आफ्नो अवस्थाबारे अपडेट गराउन कल सेन्टरले जनाएको छ ।

कल सेन्टरमा फोन, भाइबर, फेसबुक तथा इमेलमार्फत सम्पर्क गर्न सकिन्छ । नेपालबाट आफन्तहरुले निःशुल्क फोन नम्बर ११४१ अथवा १६६००१५०००५ मा फोन गर्न सक्नुहुन्छ । यस्तै विदेशबाट ९७७ १ ५९७०००८ फोन नम्बरमा सशुल्क सम्पर्क गर्न सकिने कल सेन्टरले जनाएको छ । भाइबर मार्फत ं९७७ ९८०१८०००१३ मा सम्पर्क गर्न सकिन्छ । यस्तै कल सेन्टरको फेसकबुक पेज मार्फत पनि सम्पर्क गर्न सकिन्छ । कल सेन्टरको इमेल मार्फत पनि जानकारी गराउन सकिन्छ ।

यस्तै वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डमा पनि सम्पर्क गर्न सकिने कल सेन्टरले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८ आइतबार ००:००  ३ : ३२ बजे