९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आदिबासी जनजाति महासंघ कपिलवस्तुको अध्यक्षमा थारु चयन



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले निकट जनवर्गीय संगठनको शनिबार सम्पन्न अधिवेशनले उमाशंकर थारुको नेतृत्वमा १७ सदस्यीय कमिटी चयन भएको हो ।

जसको उपाध्यक्षमा बिन्द्र बहादुर गुरुङ, सचिवमा कुल बहादुर सोमै, सह–सचिवमा वीर सिंह र कोषाध्यक्षमा मञ्जु थारुलाई चयन गरिएको आयोजकले जनाएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज बलराम अधिकारीले पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताए । अब आउने निर्वाचनमा लोकतान्त्रिक आदिबासी जनजातिको महासंघको महत्वपूर्ण योगदान रहने जिकिर गर्दै आदिबासी जनजातिहरुको कला, संस्कृति र पहिचान जोगाउन लाग्नुपर्ने उनले बताए । आफ्नो अधिकार प्राप्तिका लागि एकमात्र एमाले पार्टी रहेकोले समृद्ध गराउन जरुरी रहेको समेत इन्चार्ज अधिकारीले जनाए ।

देशको राजनीति अवस्था र समसमायिक गतिविधि तथा क्रियाकलापको विषयको बारेमा उनले प्रकाश पार्दै सबैले विभिन्न माध्यमबाट पार्टीमा आबद्ध भई सक्रियतापुर्वक लाग्नुपर्नेमा सदस्य उनले जोड दिए । नवगठिन कमिटीका पदाधिकारीहरुलाई शुभकामना दिँदै सबैलाई एक्यबद्ध हुन अधिकारीले आग्रह गरे ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८ आइतबार ००:००  १२ : ५७ बजे