९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगंगामा ३५ दिने ड्राइभिङ तालिम सुरु, तालिममा ३१ जना सहभागि हुने



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा लक्षित वर्ग अन्र्तगत ३१ जनाका लागि ३५ दिने ड्राइभिङ् तालिमको उद्धाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ स्थित नगर स्तरीय दलित उपभोक्ता समितिको सभाहलबाट तालिमको उद्धाटन गरिएको हो ।

जिल्लाको बाणगंगा नगरपालिकाको आर्थिक सहयोग तथा दलित उपभोक्ता समितिको आयाजनामा जितपुर स्थित मालिका ड्राइभिङ सेन्टरसँगको सहकार्यमा नगरका ११ वटै वडाका बेरोजगार दलित युवा तथा युवतिहरुलाई तालिममा सहभागी गराइएको छ । नगर भरबाट आवेदन दिएका ७८ जनाबाट समितिले छनोट गरी ३१ जनाको अन्तिम नामावली सार्वजनिक गरेको दलित उपभोक्ता समितिका नगर अध्यक्ष टिकाराम सुनारले जानकारी दिए ।

समितिका अध्यक्ष सुनारको अध्यक्षता रहेको कार्यक्रममा बाणगंगा नगरपालिकाका उप प्रमूख चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता सहित वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी अधिकारी पन्तको विशिष्ठ आतिथ्यता रहेको थियो । नगरपालिका अन्र्तगत सामाजिक विकाश शाखा अधिकृत शुशिला पन्त, कार्यपालिका सदस्यहरु कृष्णबहादुर विश्वकर्मा र योगनाथ सुनार, दलित अगुवा पिताम्बर वि.क, बेदराज नेपाली लगाएतको आतिथ्यता रहेको थियो ।

दलित उपभोक्ता समिति सचिव सारदा परियारको स्वागत रहेको कार्यक्रम दलित अगुवा पुर्णचन्द्र परियारको संचालनमा सम्पन्न भएको प्रशिक्षार्थी छनोट समितिका संयोजक मनोज नेपालीले जानकारी दिएका छन् ।

कार्यक्रममा दलित समुदायको उत्थानका लागि बाणगंगा नगरपालिकाले गत वर्ष र यस वर्ष ड्राइभिङ् तालिम मार्फत नगरका बेरोजगार दलित युवाहरुलाई आत्मनिर्भर बनाउन विशेष भुमिका खेलेको बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८ शनिबार ००:००  ६ : १६ बजे