मायादेवी अनलाईन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ११ हथौसामा यसपटक महाशिवरात्री मेला लाग्ने भएको छ । हेमराज मा.बि को आयोजनामा यहि फागुन १७ गते शिवरात्रीको दिनदेखि मेला लाग्ने भएको हो । हरेक बर्ष लाग्ने यो मेला जिल्लाको ऐतिहासिक मेला हो । ओमिक्रोन भेरियन्टको संक्रमण कम भएसंगै मेला सन्चालन हुन लागेको बताईएको छ ।
मेलामा बाल उद्मान,रोटे पिङ्,डुँगा लगाएत सन्चालन हुने छन् भने बिभिन्न सांगितीक कार्यक्रम पनी हुने मेला मुल आयोजक समितीले बताएको छ । यस मेलाको लागि जिल्ला प्रशासनबाट पनी अनुमती भएको र तयारी तिब्र रुपमा भैरहेको राजन सेनले जानकारी दिए । फागुन २४ गतेसम्म लाग्ने मेलामा बिभिन्न जातजातिका मौलिक सँस्कृति समेत प्रर्दशन हुनेछ । हथौसामा महाशिवरात्रिको अवसरमा हरेक बर्ष मेला लाग्ने गरेको छ ।
प्रतिक्रिया