१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

युक्रेनमाथि भएको आक्रमणको विरोधमा रुसभित्रै प्रदर्शन, १७ सय प्रदर्शनकारी पक्राउ



एजेन्सी ।

आज दोस्रो दिन पनि रुसले युक्रेनमा आक्रमणलाई निरन्तरता दिएको छ । राजधानी किभमा कयौँ पटक विस्फोट भइरहेको बिबिसीले जनाएको छ ।

यसैबीच, युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसमा विरोध प्रदर्शन भइरहेको छ । राजधानी मस्को, सेन्ट पिटर्सवर्गलगायत ठाउँमा हजारौँ नागरिक विरोध प्रदर्शनमा उत्रिएका बीबीसीले जनाएको छ । प्रहरीले अहिलेसम्म १७ सय प्रदर्शनकारीलाई पक्राउ गरेको खबरमा उल्लेख गरिएको छ ।

यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले सेनाको परिचालनको आदेश दिनुभएको छ । रुससँग भइरहेको युद्धको अवस्थामा राष्ट्रपति जेलेन्सकीले आमरूपमा सेना परिचालनको आदेश दिनुभएको हो । एक भिडियो सन्देशमार्फत उहाँले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताउनु भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८ शुक्रबार ००:००  ९ : २५ बजे