काठमाण्डौ ।
नेपालमा विदेशी पर्यटकहरु भित्र्याउन हवाइ भाडा छुट दिने गरि सहमति भएको छ । पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति तथा बुद्ध एअरलाइन्स प्रालि र यति एअरलाइन्स प्रालिबीच विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक हवाइ उडानमा भाडा छुट दिने सहमति भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह ९आन्तरिक हवाइ उडानको भाडामा० छुट दिने सहमति गराएको हो ।
यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ ।
विदेशबाट आउने नागरिकलाई हवाइ भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाइ भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिक सरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुइ हवाइ कम्पनीले सहमति गरेका छन्, अन्य हवाइ कम्पनीसँग पनि छलफल बढाएका छौँ, उहाँहरुले पनि छुट दिनु हुने छ ।”
यतिमात्र नभइ उक्त समितिले कोरोना भाइरस ९कोभिड १९० को प्रभावका कारण थला परेको उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान गर्न सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।
प्रतिक्रिया