काठमाण्डौ ।
देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी क्षेत्रको मौसम भने पूर्ण बद्ली भएको मौसमविद्ले बताएका छन् ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा पनि आज हिमपातको सम्भावना छ ।
अहिले बाजुरा र कालिकोटामा पानी परिरहेको पनि भट्टराईले जानकारी दिनुभयो । यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रमा केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको अनुमान गरिएको छ ।
मौसमविद्ले सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया